‘राजसंस्था स्थापना गर्ने अन्तिम अवसर’

काठमाण्डु टुडे २०७० कार्तिक १३ गते ११:११ मा प्रकाशित

Kamal-Thapa-Raprapa-Nepalमोरङ, १३ कात्तिक–राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी निर्वाचन हिन्दूराष्ट्र र संवैधानिक राजतन्त्र स्थापना गर्न अन्तिम विकल्प भएको बताएका छन् । राजादेखि माओवादीसम्म अटाउने संविधान निर्माणका लागि आगामी चुनावमा राप्रपा नेपाललाई मत दिन उनले आग्रहसमेत गरे ।

राष्ट्रिय एकता यात्राको क्रममा बुधबार विराटनगरमा आयोजित कोणसभालाई सम्वोधन गर्दै थापाले भने, ‘हिन्दूराष्ट्र र संवैधानिक राजतन्त्र स्थापना गर्न आगामी निर्वाचन अन्तिम विकल्प हो, यस अबसरलाई सदुपयोग गर्न राप्रपा नेपाललाई जिताउनु पर्छ ।’

ठूला दलले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेकाले बहुभाषीको धर्म सङ्कटमा परेको र ठूला दलले राजसंस्थालाई विस्थापित गरेकै कारण विदेशीको चलखेल बढेको उनले आरोपसमेत लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us