राष्ट्रपतीय शासन भए छिट्टै विकासः बिजुक्छे

काठमाण्डु टुडे २०७० कार्तिक १५ गते १०:४७ मा प्रकाशित

narayan man bijukchheतानसेन, १५ कात्तिक– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राष्ट्रपतीय शासन प्रणाली लागू भए देशमा स्थिर सरकार हुन बताएका छन् । स्थिर सरकार भएको अवस्थामा नेपालको छिट्टै विकास हुने उनको दाबी थियो ।

भूगोल र प्राकृतिक स्रोत साधनका आधारमा मात्र राज्यको पुनःसंरचना गरिनुपर्ने उहाँले बताउँदै जातजातिको आधारमा मात्र राज्यको पुनःसंरचना गरिए राज्यमा सङ्कट उत्पन्न हुने उनको भनाई छ । पाल्पाको तानसेनमा पत्रकार सम्मेलनमा अध्यक्ष बिजुक्छेले निर्वाचनबाट भाग्न खोज्नु जायज नभएको उल्लेख गर्दै आगामी निर्वाचनले पुँजीवादी नेतृत्व र शासन व्यवस्थाको अन्त्य हुने ठोकुवा गरे ।

स्थानीय निकायलाई स्वायत्त र विकेन्द्रीकरणको अधिकार प्रदान गरिनुपर्ने उनले बताए । निर्वाचनको समयमा देशमा छिटफुट घटना हुनु सामान्य विषय भएको भन्दै बिजुक्छेले निर्वाचन भएरै छाड्ने उल्लेख गरे । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us