राजनीति

पर्सामा रविसहित २९ जनाविरुद्ध मुद्दा दर्ता

२०८२ असार १ गते १८:५६

काठमाण्डू, १ असार– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध जिल्ला अदालत पर्सामा मुद्दा दर्ता भएको छ । वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा दर्ता भएको हो । प्रहरीले अनुसन्धान सकेर...

बंगलादेशमा विद्युत् व्यापारबाट मासिक २५ करोडभन्दा बढी आम्दानी हुने

२०८२ असार १ गते १८:४९

काठमाण्डू, १ असार– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बंगलादेशमा विद्युत् व्यापारबाट मासिक २५ करोड भन्दा बढी आम्दानी हुने दाबी गरेका छन । आज (आइतबार) ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले यसबारे जानकारी गराएका हुन । उर्जामन्त्री खड्काले नेपालबाट बंगलादेशमा दैनिक ४० मेगावाट...

रास्वपा नेतृत्व विहीन हुँदा उद्देश्य र गन्तव्यहीन भयोः योगेश भट्टराई

२०८२ असार १ गते १८:४५

काठमाण्डू, १ असार– पूर्व मन्त्री एवं एमाले सांसद योगेश भट्टराईले नेतृत्व विहीन हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी अलमलमा परेको बताएका छन । आज (आइतबार) संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले सांसद भट्टराईले यस्तो बताएका हुन । उनले रास्वपा एउटा उदयमान पार्टी भएको बताउँदै रास्वपालाई...

कर्णालीको बजेटमा माओवादी असहमत, प्रदेशसभा अनिश्चित

२०८२ असार १ गते १७:५९

काठमाण्डू, १ असार– कर्णाली प्रदेश सरकारले ल्याउन लागेको बजेटमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले असहमति जनाएपछि प्रदेशसभा बैठक अनिश्चित बनेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले योजना बैंकमा योजनाहरू समावेश नगरेरै बजेट ल्याउन खोजेको भन्दै बैठकमा सहभागी नहुने तयारी गरे एक...

संसद् र सभामुख बिचौलियाको पक्षमा उभिएको सांसद शाहीको आरोप

२०८२ असार १ गते १७:५४

काठमाण्डू, १ असार– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसद् र सभामुख बिचौलियाको पक्षमा उभिएको दाबी गरेका छन । आज (आइतबार) संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले यस्तो आरोप लगाएका हुन । प्रमुख सचेतक शाहीले भिजिट भिसा प्रकरणमा विपक्षी दलको...

रोष्ट्रमबाटै प्रभु साहले गरे गरे सभामुखसँग सवालजवाफ

२०८२ असार १ गते १७:३८

काठमाण्डू, १ असार– आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले सभामुख देवराज घिमिरेको भूमिकामाथि प्रश्न गरेका छन । प्रतिनिधि सभाको चौथो र पाचौं ठूलो दल अवरोध र विरोधमा रहँदा संसद्लाई चलाएको भनेर उनले प्रश्न गरेका हुन । साहले...

कोशीको बजेट आफ्ना कार्यकर्ता मात्रै खुसी बनाउने खालको आयोः आङ्बो

२०८२ असार १ गते १७:३१

काठमाण्डू, १ असार– कोशी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका कोशी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दुई दलका नेता कार्यकर्तालाई मात्रै खुसी बनाउने बजेट आएको प्रतिक्रिया दिएका छन । आज (आइतबार) कोशी प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आगामी...

रास्वपा सांसदहरूले जनतालाई नै गुमराहमा राखेः पूर्व अर्थमन्त्री महत

२०८२ असार १ गते १७:२६

काठमाण्डू, १ असार– पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू बजेटका तमाम विषयको छलफलमा सहभागी नभएर एउटा महत्त्वपूर्ण अवसर गुमाएको दाबी गरेका छन । आज (आइतबार) प्रतिनिधिसभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै पूर्व...

अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी बजेट आएको छः अर्थमन्त्री पौडेल

२०८२ असार १ गते १६:०६

काठमाण्डू, १ असार– उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थतन्त्रका चुनौतीलाई सामना गर्ने गरि आगामी आर्थिक बर्षको बजेट आएको बताएका छन । आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै पौडेलले यस्तो बताएका हुन...

भिजिट भिसा प्रकरणको छानबिन छिट्टै सुरु गरियोस्ः राजेन्द्र पाण्डे

२०८२ असार १ गते १५:५७

काठमाण्डू, १ असार– प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष एवं पतिनिधि सभाका सदस्य राजेन्द्र पाण्डेले भिजिट भिसा प्रकरणको छानबिन छिट्टै सुरु गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । आज (आइतबार) बसेको प्रतिनिधि सभामा बोल्दै एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष पाण्डेले यस्तो बताएका हुन । उनले...

करोडभन्दा कमका योजना नल्याउने निर्णय गरेको मधेश सरकार १० लाखसम्मका ल्याउँदै

२०८२ असार १ गते १५:४८

काठमाण्डू, १ असार– एक करोड भन्दा कमका योजना नल्याउने निर्णय गरेको मधेश सरकारले विगत वर्षहरू झैं खुद्रे योजना समावेश गरेर बजेट ल्याउने तयारी गरेको छ । आज मधेश सरकारले प्रस्तुत गर्न लागेको बजेटमा १० लाखसम्मका पनि योजना समावेश भएको स्रोतले जानकारी दिएको छ ।...

बागमतीमा बजेटको आकारबारे विवाद, अर्थमन्त्री र सचिव सम्पर्कविहीन

२०८२ असार १ गते १५:२६

काठमाण्डू, १ असार– बागमती प्रदेश सरकारमा आगामी आर्थिक बर्षको बजेटको आकारका विषयमा सत्ता साझेदार दलबीच नै विवाद भएको खुलेको छ । दलगत विवादको चेपुवामा परेपछि आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले र अर्थ मन्त्रालयका सचिव कृष्णप्रसाद मैनाली सम्पर्कविहीन भएको नेताहरूले आरो लगाएका छन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us