बंगलादेशमा विद्युत् व्यापारबाट मासिक २५ करोडभन्दा बढी आम्दानी हुने

काठमाण्डु टुडे २०८२ असार १ गते १८:४९ मा प्रकाशित

काठमाण्डू, १ असार– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बंगलादेशमा विद्युत् व्यापारबाट मासिक २५ करोड भन्दा बढी आम्दानी हुने दाबी गरेका छन । आज (आइतबार) ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले यसबारे जानकारी गराएका हुन ।

उर्जामन्त्री खड्काले नेपालबाट बंगलादेशमा दैनिक ४० मेगावाट विद्युत् निर्यात गरि मासिक २५ करोड भन्दा बढी आम्दानी गरि पाँच महिनामा एक अर्ब २५ करोड भन्दा बढी आम्दानी हुने बताएका हुन । दक्षिण एसियाबाट तेस्रो मुलुक बिजुली निर्यात गर्ने पहिलो देश नेपाल भएको र बंगलादेशसँग पहिलो पटक विद्युत् व्यावसायिक रूपमा विक्री सुरु हुनु देश र जनताको लागि निकै गर्व र खुसीको कुरा भएको मन्त्री खड्का भनाई छ ।

ऊर्जा क्षेत्रबाटै समृद्धि हासिल हुने भन्दै मन्त्री खड्काले १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गरि भारतलाई १० हजार र बंगलादेशलाई ५ हजार मेगावाट निर्यात गरेर आर्थिक रूपमा समृद्धि हासिल गरिने पनि बताएका छन । उनले बजेटमा भूलवश टेक एन्ड पे शब्द आएको भन्दै त्यसलाई हटाउने प्रक्रिया अघि बढिसकेको जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरणले शनिबार राति १२ बजेबाट भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेश विद्युत् निर्यात गरेको थियो । बङ्गलादेशमा निर्यात सुरु गरिएको विद्युत् आगामी नोभेम्बर १५ सम्म बिक्री गरिनेछ ।

पाँच महिनाको अवधिमा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत् निर्यात हुने मन्त्री खड्काले बताउनुभयो । उक्त विद्युत् नेपालको ४०० केभी ढल्केबर सब स्टेसनबाट भारतको मुजफर्पुर, बेहरामपुर हुँदै बङ्गलादेशको भेरमारा सब स्टेसनसम्म पुग्ने मन्त्रालयले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us