संसद् र सभामुख बिचौलियाको पक्षमा उभिएको सांसद शाहीको आरोप

काठमाण्डु टुडे २०८२ असार १ गते १७:५४ मा प्रकाशित

काठमाण्डू, १ असार– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसद् र सभामुख बिचौलियाको पक्षमा उभिएको दाबी गरेका छन । आज (आइतबार) संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले यस्तो आरोप लगाएका हुन ।

प्रमुख सचेतक शाहीले भिजिट भिसा प्रकरणमा विपक्षी दलको विरोध हुँदा हुँदै पनि जबरजस्त सदन चलाएर संसद् र सभामुख बिचौलियाको पक्षमा उभिएकाले आफूहरूले सदन बहिष्कार गरेको पनि बताएका छन । सांसदले उठाएका आवाजलाई सम्बोधन नगर्ने संसद्मा बस्नुको कुनै औचित्य नहुने पनि बताएका छन ।

उनले संसद्को नियमावलीको विरुद्धमा सभामुख चले संसद्को कुनै महत्त्व नरहने पनि बताए । शाहीले भिजिट भिसा प्रकरणमा माओवादी अध्यक्ष प्रचण्डले छेपारो प्रवृत्तिमा काम गरेको टिप्पणी समेत गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us