कोशीको बजेट आफ्ना कार्यकर्ता मात्रै खुसी बनाउने खालको आयोः आङ्बो

काठमाण्डु टुडे २०८२ असार १ गते १७:३१ मा प्रकाशित

काठमाण्डू, १ असार– कोशी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका कोशी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दुई दलका नेता कार्यकर्तालाई मात्रै खुसी बनाउने बजेट आएको प्रतिक्रिया दिएका छन ।

आज (आइतबार) कोशी प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आगामी आर्थिक बर्षका लागि ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरेको छन् ।

उक्त बजेट वक्तव्यमाथि प्रतिक्रिया दिँदै आङ्बोले भनेका छन्, ‘दुई वटा दलले आफ्ना कार्यकर्तालाई मात्रै खुसी बनाउनेगरी बजेट आएको छ । यसले कुनै पनि परिणाम र उपलब्धि हासिल गर्न सक्दैन ।’

उनले परम्परा धान्ने खालको मात्रै बजेट आएको बताउँदै कुनै पनि प्राथमिकता निर्धारण गर्न नसकेको प्रतिक्रिया दिएका छन । ‘बजेट सामान्यतया परम्परा धान्ने खालको मात्रै आएको छ ।

बजेटले कुनै पनि प्राथमिकता निर्धारण गरेको छैन । उहाँहरूले सबैभन्दा बढी प्राथमिकता कृषिलाई जस्तो भनेर अघि सार्नुभएको छ,’ आङ्बोले भने, ‘प्रदेश सरकारले ४ अर्बभन्दा बढी छुट्याउने गरेको बजेट अहिले सवा २ अर्बमा आएर कृषिलाई प्राथमिकतामा राख्न खोजिएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us