पत्रपत्रिकाबाट

अविवाहितले गराउँछन् असुरक्षित गर्भपतन

२०७० माघ १३ गते ३:४९

काठमाण्डु, माघ १३-अविवाहित युवतीले असुरक्षित गर्भपतन गराउने प्रवृत्ति बढ्दै गएको छ। विवाहपूर्वको यौनसम्पर्कबाट बसेको गर्भपतन गराउँदा सामाजिक बेइज्जति हुने डरले ग्रामीण भेगका युवती स्थानीय औषधि पसलमा गएर गर्भपतन गराउँछन्। विवाहित महिलाभन्दा अविवाहित युवती लुकेर मेडिकलमा गर्भपतन गराउने औषधि किनेर लैजाने गरेको मेडिकल सञ्चालक बताउँछन्।...

तिनकुनेमा यस्तो बन्दैछ बगैचा

२०७० माघ १२ गते ३:०५

काठमाण्डु, १२ माघ-काठमाण्डुको कोटेश्वर तीनकुनेमा आधुनिक र सुन्दर बगैंचा (पार्क) निर्माण गरिने भएको छ। वर्षौंदेखि अलपत्र ३५ रोपनी जग्गामा काठमाण्डु महानगरपालिकाले पाँच करोड रुपैयाँ लागतमा पार्क बनाउन लागेको हो। डिजाइनमा संलग्न महानगरपालिकाका अधिकारीका अनुसार पार्कमा सयौं प्रजातिका फूल रोपिनेछ भने पानीका फोहोरा पनि बन्नेछन्। तीन...

केटीले नुहाएको भिडियो खिच्ने प्रहरी पक्राउ

२०७० माघ १२ गते २:५८

काठमाण्डु, माघ १२–काठमाडौं सीतापाइलास्थित खाल्टो रेस्टुराँमा नुहाइरहेकी १३ वर्षीया बालिकाको भिडियो खिच्ने सशस्त्र प्रहरीका दुई जवान शनिबार पक्राउ परेका छन्। उक्त रेस्टुराँमा अपराह्न खाजा खान गएका जवानद्वय थरेन्द्र आलेमगर र पदमबहादुर पौडेलले बाथरुमभित्र मोबाइल छिराएर बालिकाको भिडियो खिचेका थिए। महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख...

प्रहरीले नै गिजोल्छ अपराध

२०७० माघ ९ गते ६:०८

काठमाण्डु, ९ माघ- सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो आफैं अनुसन्धानमा सक्रिय भयो। घटनाप्रकृति आफ्नो कार्यक्षेत्रमा परेकाले महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर, ललितपुर पनि यसबारे चुप बस्न सकेनन्, अनुसन्धानमा लागिपरे। ‘हाइप्रोफाइल मर्डर’ भएकैले प्रहरीको विशेष...

डिन शर्मा प्रहरीको निगरानीमा !

२०७० माघ ८ गते ३:०१

काठमाण्डु, ८ माघ-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित प्रहरीले चिकित्साशास्त्र अध्ययन संस्थानका डिन शशि शर्मालाई निगरानीमा राख्न निर्देशन दिएको खुलासा भएको छ। विमानस्थल सुरक्षा प्रमुख डीआईजी गोपाल भण्डारीले आइतबार त्यहाँका प्रहरी र अध्यागमन डेस्कका कर्मचारीलाई शर्मामाथि निगरानी राख्न निर्देशन दिएका थिए। यस्तो आदेश किन दिइयो भन्ने अन्योल...

६२ वर्षीय प्रेमीले छाडेपछि सुत्केरीको बिचल्ली

२०७० माघ ७ गते ८:४२

काठमाण्डु, ७ माघ – ६२ वर्षीय प्रेमीले छाडेर हिँडेपछि काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा एक सुत्केरी महिला बिचल्लीमा परेकी छिन् । छोराको आशा गरेका प्रेमीले छोरी जन्मिने यकिन भएपछि छाडेर हिँडेको उनको भनाइ छ । छोरा पाउने आशामा २५ वर्षीया प्रेमिका लक्ष्मी सिवाकोटीलाई गर्भवती...

किशोरीको एक रातको मूल्य २५ सय

२०७० माघ ४ गते ४:५७

काठमाण्डु, ४ माघ – ‘१६ वर्षकी मेरी छोरी स्कुल पढ्न जान्छे, केही काम गर्दिन’, उनले आफ्नो अगाडि उभिएका १५-१६ वर्षका किशोरीतिर देखाउँदै भनिन्, ‘यी त बेरोजगार हुन्, मैले रोजगारी दिएकी पो हुँ त।’ काठमाडौं बत्तीसपुतलीमा राप्ती क्याबिन रेस्टुराँ चलाउँदै आएकी माया थापाले खुलेरै भनिन्,...

एक शिशुमा तीन आमाको दावी

२०७० माघ ३ गते २:४६

रुपन्देही, ३ माघ- बुटवल नगरपालिका १३ हात्तीसुँड सुकुमबासीबस्तीमा गत पुस २५ गते जन्मेका एक बालकलाई तीनजना महिलाले दाबी गरेका छन्। संयोगले तीनैजना महिलाको उमेर ३२ वर्ष र उनीहरूका पतिको उमेर ३५ वर्ष छ। हात्तीसुँडकी लक्ष्मी राईले बालकलाई आफूले जन्म दिएको र गरिबीका कारण पालनपोषण...

अस्पतालबाट ९ दिनको बच्चा चोरियो

२०७० माघ २ गते ४:२४

बुटवल, २ माघ- सुन्दा अचम्म लाग्न सक्छ । २० वर्ष पछि पाएको पहिलो सन्तान अस्पतालबाट चोरीको भएपछि खबरपछि रुपन्देहीमा अभिभावक अचेत अवस्थामा छन् । घटना बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालको हो । कपिलवस्तुको विरपुर-६, कुदरवेटवाका सज्नु रैदासको ९ दिनका छोरा मंगलबार साँझ अस्पतालबाट चोरी भएको...

‘मृत्यु स्वीकार्य छ’

२०७० माघ १ गते ३:४८

काठमाण्डु, १ माघ – चार दिनदेखि आमरण अनशन बसिरहेका डा. गोविन्द केसीले आफूलाई केही भएमा त्यसको जिम्मेवार ‘राजनीतिक नेतृत्व, त्रिविका उपकुलपति, रेक्टर, रजिस्टार र चिकित्साशास्त्र अध्ययन संस्थानमा भागबन्डामा आएका पदाधिकारी हुने’ बताएका छन् । चिकित्साशास्त्र अध्ययन संस्थान ‘मेडिकल माफिया र राजनीतिक हस्तक्षेपबाट मुक्त गर्न’...

कांग्रेसले सहमतीय सरकारको स्वरुपमा छलफल चलाउने

२०७० पुष ३० गते ३:०३

काठमाण्डु, ३० पुस – कांग्रेसले संविधानसभाको बैठक अगावै आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतीको सरकारको स्वरुप तयार पार्ने दिशामा छलफल अघि बढाउने भएको छ । कांग्रेस सभापति सुशिल कोइरालाको महाराजगंजस्थित निवासमा बसेको संसदीय समितिको बैठकले सरकार निर्माण र एक बर्षभित्र संविधान बनाउने कार्यविधिका बारेमा अन्य राजनीतिक...

‘श्रम स्वीकृति नेपाल-भारत सन्धि अनुकूल’

२०७० पुष ३० गते ३:०१

विदेशी नागरिकहरुका लागि श्रम स्वीकृतिसम्बन्धी नयाँ मापदण्ड नेपाल-भारतबीचको सन्धि प्रतिकूल नभएको अधिकारीहरुले बताएका छन्। भारतमा औपचारिक क्षेत्रमा कार्यरत नेपालीहरुले पनि श्रम स्वीकृति लिएरै त्यहाँ काम गरिरहेको श्रम विभागका महानिर्देशक कृष्णहरि पुष्करले बताए। सरकारले श्रम स्वीकृति नलिई नेपालमा कार्यरत भारतीय सहित विदेशी नागरिकहरुलाई सो स्वीकृति...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us