
उक्त रेस्टुराँमा अपराह्न खाजा खान गएका जवानद्वय थरेन्द्र आलेमगर र पदमबहादुर पौडेलले बाथरुमभित्र मोबाइल छिराएर बालिकाको भिडियो खिचेका थिए।
महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख डीएसपी दयानिधि ज्ञवालीका अनुसार आलेमगर सशस्त्र प्रहरीको धनकुटा छिन्ताङ गुल्म र पौडेल खप्तड गुल्ममा कार्यरत हुन्।
दिउँसै रक्सी पिएर बालिकाले नुहाइरहेको भिडियो खिचेको देखेपछि होटेलका अन्य ग्राहकले उनीहरूलाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएका थिए।
सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी सिंहबहादुर श्रेष्ठले घटनाबारे अनुसन्धान गरी कारबाही अगाडि बढाइने जानकारी दिए। उनीहरू सशस्त्र प्रहरीले राजधानीमा आयोजना गरेको कुकुर तालिमका लागि आएका थिए। – अन्नपूर्ण पोष्ट दैनिकबाट