अन्तर्राष्ट्रिय

इटालीको एक क्याफेमा गोली चल्दा तीन महिलाको मृत्यु

२०७९ मंसिर २६ गते १३:२८

एजेन्सी– इटालीको रोमस्थित एक क्याफेमा अन्धाधुन्ध गोली चल्दा तीन महिलाको मृत्यु भएको छ भने गोली लागेर चार जना घाइते भएका छन् । मूत्यु हुने मध्ये एक इटालीकी नयाँ प्रधानमन्त्री जर्जिया मेलोनीकी साथी हुन् । रोमका मेयर रोबर्टो गाल्टेरीले गोलीबारीलाई ‘गम्भीर हिंसात्मक कार्य’ भएको बताएको...

कंगोमा १ सय ३१ नागरिकको ज्यान गयोः राष्ट्रसंघ

२०७९ मंसिर २४ गते ११:२७

एजेन्सी– कंगोमा विद्रोही आक्रमणमा कम्तिमा १ सय ३१ नागरिकको ज्यान गएको छ । संयुक्त राष्ट्रसंघका अनुसार यो नोभेम्बर महिनाको तथ्याङ्क हो । विद्रोही समूह एम–२३ को आक्रमणमा ती मानिस मारिएको राष्ट्र संघको एक अनुसन्धानले औंल्याएको हो । प्रतिवेदनका अनुसार कंगोको पूर्वी उत्तरी किभु प्रान्तको...

हिमाञ्चल प्रदेशको विधानसभामा कांग्रेसको अग्रता

२०७९ मंसिर २२ गते १५:५०

एजेन्सी– भारतको हिमाञ्चदल प्रदेशको विधानसभामा कांग्रेसले अग्रता लिन सुरु गरेको छ । ६८ सिटको लागि भएको विधानसभा चुनावमा कांग्रेसले ३९ सिटमा अग्रता कायम गरेको छ भने भारतीय जनता पार्टी ले पछ्याउँदै २६ सिटमा अग्रता कायम गरेको छ । राज्यका ६८ विधानसभा सिटका लागि नोभेम्बर...

गुजरातमा भाजपाको एकतर्फी अग्रता

२०७९ मंसिर २२ गते ११:२८

एजेन्सी– गुजरात विधानसभा चुनावको मतगणना जारी छ। गुजरातको कुल १८२ विधानसभा सीटहरूको लागि डिसेम्बर १ र डिसेम्बर ५ मा दुई चरणहरूमा मतदान भएको थियो। सरकार बनाउन कुनै पनि दलले कम्तीमा ९२ सिट जित्नुपर्ने हुन्छ । भारतीय जनता पार्टी गुजरातमा विगत २७ वर्षदेखि सत्तामा छ...

पेरुले इतिहासमै पहिलोपटक महिला राष्ट्रपति पायो

२०७९ मंसिर २२ गते १०:५०

एजेन्सी– पेरुले इतिहासमै पहिलोपटक महिला राष्ट्रपति पाएको छ । यसअघिका राष्ट्रपति पेड्रो क्यास्टिलो महाअभियोग लागेर पदमुक्त भएपछि डिना बोलुआर्ते राष्ट्रपति चुनिएर सपथ ग्रहणसमेत गरिसकेको बीबीसीले बताएको छ । यसअघि उपराष्ट्रपति रहेकी डिना बोलुआर्ते राष्ट्रपति चुनिएकी हुन् । यसअघिका राष्ट्रपति पेड्रोले संसद भंग गर्न लागेको...

अर्जेन्टीनाकी उपराष्ट्रपतिलाई भ्रष्टाचार गरेको अभियोगमा ६ वर्षको जेल सजाय

२०७९ मंसिर २१ गते १२:४७

एजेन्सी– अर्जेन्टीनाकी उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डे किर्चनरलाई एक अदालतले भ्रष्टाचार अभियोगमा ६ वर्षको जेल सजाय सुनाएको छ ।  किर्चनरलाई  सार्वजनिक कामको ठेक्का साथीलाई दिँदा ‘प्रशासनलाई धोका’ दिएको अभियोग उक्त मुद्या लगाइएको छ । तर, उनले जेल सजाय भोग्ने सम्भावना छैन । फर्नान्डेजले सरकारी भूमिकामार्फत...

अफगानिस्तानमा सरकारी कर्मचारी चढेको एक बसमा बम विस्फोट, ७ जनाको मृत्यु

२०७९ मंसिर २० गते १५:५९

एजेन्सी– अफगानिस्तानको उत्तरी भागमा पर्ने बाल्ख प्रान्तको राजधानी मजार–ए–शरीफमा आज मङ्गलबार सरकारी कर्मचारी चढेको एक बसमा बम विस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ । प्रान्तीय प्रहरी प्रवक्ता मोहम्मद आसिफ वाजिरीका अनुसार सीमावर्ती शहर हिरातनको पेट्रोलियम निर्देशनालयका कर्मचारी चढेको बसले सडक किनारमा राखिएको बम...

नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा पुग्यो

२०७९ मंसिर १९ गते १७:५१

एजेन्सी– भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा पछिल्ला केही दिनमा बढ्दै गएको देखिएको छ । यहाँ आइतबार गरिएको मापनमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा पुगेको बताइएको छ । यहाँको प्रदुषण गम्भीर तहमा पुगेको पाइएपछि कतिपय निर्माणका कार्य, जलाउने या ध्वंस गर्ने कार्य तथा...

चाँडो भन्दा चाँडो हतियार आपूर्ति गर्न युक्रेनको आग्रह

२०७९ मंसिर १४ गते १८:२७

एजेन्सी– युक्रेनले देशमा शिशिर याम प्रारम्भ भएको बताउँदै उत्तर एटलाण्टिक सन्धि सङ्गठन ९नाटो० र उसका सहयोगी राष्ट्रलाई यथाशक्य चाँडो हतियार आपूर्ति गर्न आग्रह गरेको छ । रुसी आक्रमणबाट आहत युक्रेनले समग्र सहायताको प्रक्रियालाई द्रुत गतिमा टुङ्ग्याउन अनुरोध पनि गरेको छ । युक्रेनका विदेशमन्त्री दिमिट्रो...

चिनका पूर्वराष्ट्रपति चियाङ सेमिनको मूत्यु

२०७९ मंसिर १४ गते १६:१२

एजेन्सी– चिनका पूर्वराष्ट्रपति चियाङ सेमिनको मूत्यु भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका पूर्व महासचिव, केन्द्रीय सैन्य आयोगका पूर्वअध्यक्षसमेत रहेका पूर्वराष्ट्रपति चियाङको बुधबार ९६ वर्षको उमेरमा मूत्यु भएको चिनियाँ सरकारी सञ्चार संस्था सिन्ह्वाले जानकारी दिएको छ । थप विवरण भने सार्वजनिक भएको छैन । सन्...

पाकिस्तानको क्वेटामा आत्मघाती आक्रमणमा परेर दुई जनाको मृत्यु

२०७९ मंसिर १४ गते १४:४५

एजेन्सी– पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटाको उपनगर बालेलीमा पोलियो टोलीको सुरक्षा गरिरहेको प्रहरीको गाडीमा आत्मघाती हमला भएको छ । यस हमलामा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । क्वेटाको बालेली भन्ने ठाउँमा पोलियो थोपा खुवाउने टिमको सुरक्षामा खटिएको...

विश्वको सबैभन्दा ठूलो ज्वालामुखी मौउना लोआ ३८ वर्षपछि विष्फोट

२०७९ मंसिर १३ गते १६:१५

एजेन्सी– विश्वको सबैभन्दा ठूलो ज्वालामुखी ३८ वर्षपछि विष्फोट भएको छ । विश्वको सबैभन्दा ठूलो ज्वालामुखी अमेरिकाको मौउना लोआ हो । सन् १९८४ देखि अहिलेसम्म यो विष्फोट भएको थियन तर यो २८ नोभेम्बर २०२२ मा विष्फोट भएको छ । अहीले त्यहाँबाट लाभा निस्किरहेको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us