
एजेन्सी– अर्जेन्टीनाकी उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डे किर्चनरलाई एक अदालतले भ्रष्टाचार अभियोगमा ६ वर्षको जेल सजाय सुनाएको छ ।
किर्चनरलाई सार्वजनिक कामको ठेक्का साथीलाई दिँदा ‘प्रशासनलाई धोका’ दिएको अभियोग उक्त मुद्या लगाइएको छ ।
तर, उनले जेल सजाय भोग्ने सम्भावना छैन । फर्नान्डेजले सरकारी भूमिकामार्फत केही उन्मुक्ति पाउन सक्छिन् । उनले लामो अपील प्रक्रिया सुरु गर्ने अपेक्षा गरिएको छ । उनलाई सार्वजनिक पदबाट आजीवन प्रतिबन्ध पनि लगाइएको छ ।
तर, उच्च अदालतमा मुद्दा चल्दा उनी उपराष्ट्रपतिको भूमिकामा रहेनछिन् । अभियोजनकर्ताहरूले उनलाई १२ वर्ष जेल सजाय माग गरेका छन ।
फर्नान्डेजले आफूमाथि लगाइएको आरोप राजनीतिक रूपमा प्रेरित भएको बताएकी छन् । फैसला पछि बोल्दै उनले आफूलाई ‘न्यायिक माफिया’ को शिकार भएको बताएको एसोसिएटेड प्रेस समाचार एजेन्सीले जानकारी दिएको छ ।