सुनसरीको बराहक्षेत्रमा गोली चल्यो

काठमाण्डु टुडे २०८२ जेठ १० गते २२:२९ मा प्रकाशित

सुनसरी, १० जेठ- शनिबार साँझ सुनसरीको बराहक्षेत्र नगरपालिका–३ अन्तर्गतको कालिन्द्र सामुदायिक बन क्षेत्रमा प्रहरीले गोली प्रहार गरेको छ ।

करिब साँझ ८ बजेतिर भएको घटनामा एक व्यक्ति घाइते भएका छन् ।
गाँजासम्बन्धी शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले तीन राउन्ड गोली चलाएको हो ।

घटनामा ५५ वर्षीय रामप्रसाद लिम्बू घाइते भएका छन् । उनको दाहिने तिघ्रामा गोली लागेको र हाल उनी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका छन् ।

प्रहरी स्रोतका अनुसार केही व्यक्ति शंकास्पद बोरा बोकेर जंगल हुँदै हिँडिरहेका थिए । रोक्न खोज्दा लिम्बूले खुकुरी निकालेर प्रहरीलाई आक्रमण गर्ने प्रयास गरेका थिए ।

त्यसपछि आत्मरक्षाका लागि गोली चलाउनु परेको प्रहरीको भनाइ छ । अन्य व्यक्ति भने बोरा छाडेर भागेका छन् ।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us