
काठमाण्डू, १० जेठ- काठमाण्डूको चन्द्रागिरी नगरपालिका–३ थानकोटमा बसले भारतीय नम्बर प्लेटको कारलाई ठक्कर दिएको छ ।
नागढुंगाबाट कलंकीतर्फ आउँदै गरेको बीआर०१पीसल नम्बरको भारतीय कारलाई बा२ख ९३९३ नम्बरको थानकोट यातायातको फोर्स गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
कारलाई ठक्कर दिएर अनियन्त्रित भएको गाडी स्थानीयको घरभित्र पसेको छ । बसले ठक्कर दिँदा घरमा क्षति पुगेको छ । घटनापछि ठक्कर दिने गाडी चालक फरार छन् ।