
एजेन्सी– पेरुले इतिहासमै पहिलोपटक महिला राष्ट्रपति पाएको छ । यसअघिका राष्ट्रपति पेड्रो क्यास्टिलो महाअभियोग लागेर पदमुक्त भएपछि डिना बोलुआर्ते राष्ट्रपति चुनिएर सपथ ग्रहणसमेत गरिसकेको बीबीसीले बताएको छ ।
यसअघि उपराष्ट्रपति रहेकी डिना बोलुआर्ते राष्ट्रपति चुनिएकी हुन् । यसअघिका राष्ट्रपति पेड्रोले संसद भंग गर्न लागेको सूचना पाएपछि आपतकालीन संसद बैठक बोलाइएको थियो ।
त्यसपछि पेड्रोविरुद्ध महाअभियोग लगाएर पदमुक्त गरिएको र हिरासतमा राखिएको बीबीसीले बताएको छ । ६० वर्षीया बोलुआर्तेले राष्ट्रपति पद सम्हालेपछि आफू सन् २०२६ सम्म यो पदमा रहने बताएकि छन ।
अघिल्ला राष्ट्रपति पेड्रोको कार्यकाल पनि सोही समयसम्म थियो । उनले भनिन्, ‘यो देशलाई बचाउन मलाई थोरै समय चाहिन्छ बताएकी छन ।’
महाअभियोग लागेर राष्ट्रपति पदबाट हटेका पेड्रो क्यास्टिलो बुधबार पेरुमा नाटकीय रुपमा राजनीतिक घटनाक्रम विकास भएको बताएका छन ।
त्यसलगत्तै विपक्षी पार्टीहरुले संसदको विशेष अधिवेशन बोलाएर महाअभियोगको पक्ष–विपक्षमा मतदान गरियो महाअभियोगको पक्षमा १०१ र विपक्षमा ६ जना सांसद रहे ।
१० जना सांसदहरुले भने भोटिङमा भाग लिएनन् । कास्टिलोले सन् २०२१ मा राष्ट्रपति पद सम्हालेका थिए ।