चिनका पूर्वराष्ट्रपति चियाङ सेमिनको मूत्यु

काठमाण्डु टुडे २०७९ मंसिर १४ गते १६:१२ मा प्रकाशित

एजेन्सी– चिनका पूर्वराष्ट्रपति चियाङ सेमिनको मूत्यु भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका पूर्व महासचिव, केन्द्रीय सैन्य आयोगका पूर्वअध्यक्षसमेत रहेका पूर्वराष्ट्रपति चियाङको बुधबार ९६ वर्षको उमेरमा मूत्यु भएको चिनियाँ सरकारी सञ्चार संस्था सिन्ह्वाले जानकारी दिएको छ ।

थप विवरण भने सार्वजनिक भएको छैन । सन् १९२६ को १७ अगस्टमा जन्मिएका उनी तियानमेन स्क्वायरमा भएको विद्यार्थी आन्दोलनपछि चिनियाँ कम्युनिस्ट पार्टीको अध्यक्ष बनेका थिए ।

सन् १९४६ मा सीपीसीको पार्टी सदस्यता लिएका उनले संघाई विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययन गरेका थिए । इलेक्ट्रिक अनुसन्धातासमेत रहेका उनी सन् १९८० मा आयात तथा निर्यात राज्यमन्त्री बनेका थिए ।

उनी त्यहीबीचमा सन् १९८२ मा मार्टीको केन्द्रीय सदस्य बने भने १९८५ मा संघाईको मेयर र १९८७ मा पार्टी राजनीतिक ब्यूरो सदस्य बनेका थिए । उनी सन् २००२ सम्म पार्टीको नेतृत्वमा रहे भने २००३ सम्म चीनको राष्ट्रपति पदमा रहेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us