

Lava pours out of the summit crater of Mauna Loa about 6:35 a.m. Monday, Nov. 28, 2022, as seen from Gilbert Kahele Recreation Area on Maunakea, Hawaii. Mauna Loa, the worlds largest active volcano, began spewing ash and debris from its summit, prompting civil defense officials to warn residents on Monday to prepare in case the eruption causes lava to flow toward communities. (Chelsea Jensen/West Hawaii Today via AP)
एजेन्सी– विश्वको सबैभन्दा ठूलो ज्वालामुखी ३८ वर्षपछि विष्फोट भएको छ । विश्वको सबैभन्दा ठूलो ज्वालामुखी अमेरिकाको मौउना लोआ हो ।
सन् १९८४ देखि अहिलेसम्म यो विष्फोट भएको थियन तर यो २८ नोभेम्बर २०२२ मा विष्फोट भएको छ । अहीले त्यहाँबाट लाभा निस्किरहेको छ ।
चारैतिर रातो र तातो लावाको नदी फैलिएको छ । यूएस जियोलोजिकल सर्भिसका अनुसार हाल लाभा मौउना लोआ पहाडको माथिल्लो हिस्सामा मात्रै छ । यो बगेर बाहिर आएको छैन ।
चारैतिर आगो र धुँवाको मुस्लो फैलिरहेको छ । तर यसको मुनी बस्ने मानिसहरुलाई हाल कुनै समस्या परेको छैन । वैज्ञानिकका अनुसार कुनै ज्वालामुखी यत्तिको लामो समयसम्म शान्त बसेको यो लिखित रेकर्ड हो ।
यद्यपि, यूएसजीएसले ज्वालामुखीको मुनी बस्ने हवाइयन जनतालाई सतर्क रहन चेतावनी दिएको छ । मौउना लोआ १३,६७९ फिट अग्लो पहाड हो । यहाँ ज्वालामुखीको एउटा पूरा चेन हो ।
मौउना लोआ अन्तिम पटक सन् १९८४ को मार्च र अप्रिल महिनामा फुटेको थियो । हवाई इमरजेन्सी म्यानेजमेन्ट अथोरिटीले उनीहरुले दुईवटा सेल्टर खोलिदिएको बताए ।
यदि आपतकालीन अवस्था आयो भने ज्वालामुखीको मुनी बसिरहेका मानिसलाई सुरक्षित तरिकाले यहाँ पुर्याइने जानकारी दिइएको छ । लाभा बाहिर निस्किएर बग्ने कुनै आशंका हालका लागि छैन ।
मौउना लोआको आधाभन्दा बढी बिस्फोट यसको माथिल्लो हिस्सामा नै समाप्त हुन्छ । मौउना लोआ ज्वालामुखीको बिस्फोट अन्तरिक्षबाट पनि देखिएको छ ।