इटालीको एक क्याफेमा गोली चल्दा तीन महिलाको मृत्यु

काठमाण्डु टुडे २०७९ मंसिर २६ गते १३:२८ मा प्रकाशित

एजेन्सी– इटालीको रोमस्थित एक क्याफेमा अन्धाधुन्ध गोली चल्दा तीन महिलाको मृत्यु भएको छ भने गोली लागेर चार जना घाइते भएका छन् । मूत्यु हुने मध्ये एक इटालीकी नयाँ प्रधानमन्त्री जर्जिया मेलोनीकी साथी हुन् ।

रोमका मेयर रोबर्टो गाल्टेरीले गोलीबारीलाई ‘गम्भीर हिंसात्मक कार्य’ भएको बताएको छ । उनले सोमबार बस्ने आकस्मिक बैठकमा सहभागी हुने बताए । यस मामिलामा ५७ वर्षीय संदिग्धलाई हिरासतमा राखिएको छ ।

इटालीको ‘ला रिपब्लिका’ अखबारको रिपोर्ट अनुसार लुसियाना सिओर्बा रोमको फिदेनेमा रहेको यो क्याफेमा घटनाका बेला उपस्थित थिइन् । उनले पत्रिकासँगको कुराकानीमा आइतबार बन्दुकधारी बारमा पसेको बताइन् ।

गोली चलाउने व्यक्तिले सबैभन्दा पहिला चिच्याउँदै भने, ‘म तिमीहरु सबैलाई मारिदिन्छु ।’ त्यसको केही बेरमा नै मानिसहरुले उनीमाथि नियन्त्रण पाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us