काठमाण्डु,१४ चैत– इन्जिनियर लाइसेन्स परीक्षामा ५६५ जना उतीर्ण भएका छन । आज (मङ्गलवार) इन्जिनियरिङ काउन्सिलले पत्रकार सम्मेलन गरी इन्जिनियर लाइसेन्स परीक्षामा ५६५ जना उतीर्ण भएको जानकारी दिएको छ । परीक्षामा सहभागी भएका १९८१ जना विद्यार्थीहरूमध्ये ५६५ जना परीक्षार्थीहरुमात्रै उतीर्ण भएको काउन्सिलका अध्यक्ष पदम साहीले...
काठमाण्डु,१४ चैत– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले तराईबाट आएका मिटरब्याजी पीडितको समस्या समाधान गर्न पहलकदमी लिएका छन् । गत सोमबार काठमाण्डुमा आइपुगेका मिटरब्याजीको समस्या समाधान गर्न तत्परता देखाएका छन । मिटरब्याजी पीडितको समस्या समाधान गर्न सबैभन्दा पहिले सचिवालय मार्फत काम गरेको...
काठमाण्डु,१४ चैत– नेकपा एकीकृत समाजवादीले आफुले कम्तिमा ३ मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । आज (मंगलबार) बसेको सचिवालय बैठकमा सरकारमा सहभागिताबारे छलफल भएको थियो । बैठकमा नेताहरुले आज मंगलबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलबारे जानकारी गराएका थिए...
सप्तरी,१४ चैत– सप्तरीको रुपनीस्थित पिपराहीमा रहेको जेएसआर इँटा भट्टाको पर्खाल भत्किँदा एक जना भारतीय मजदुरको मृत्यु भएको छ । मूत्यु हुनेमा भारतको पश्चिम बंगालका ४५ वर्षीय अलिम अजिम रहेका छन । यस्तै उक्त पर्खाल भत्किँदा अरु २ जना घाइते भएको प्रहरीले बताएको छ ।...
काठमाण्डु,१४ चैत– एमालेका सचेतक एवं संसद महेशकुमार बर्तौलाले प्रतिनिधि सभा नियमावलीमार्फत सभामुखको अधिकारलाई कुण्ठित गर्न खोजे संसद्को प्रभावकारितामा गतिरोध उत्पन्न हुने बताएका छन । सचेतक बर्तौलाले प्रतिनिधिसभाका सभामुख सभाको नेता भएको भन्दै उनलाई सिङ्गो संसद्ले विश्वास गर्नुपर्ने बताएका छन । आज (मंगलबार) न्युज एजेन्सी...
काठमाण्डु,१४ चैत– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पसष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका ३ जना मंगलबार रिहा भएका छन् । काठमाण्डुका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले १२ चैतमा उनीहरुलाई अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोकेका थिए ।...
काठमाण्डु,१४ चैत– आज मंगलबार सत्ता गठबन्धनको बैठक बस्दै छ । बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ । बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ । यसअघि सोमबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका...
काठमाण्डु,१४ चैत– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै महत्त्वपूर्ण र संवेदनशील रहेको बताएका छन । आज (मंगलबार) राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । प्रचण्डले विश्व परिवेशमा भइरहेका घटनाहरूको कारण राष्ट्रिय सुरक्षाको...
काठमाण्डु,१४ चैत– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी गरेका युवाहरुलाई रिहा गर्न माग गरेका छन् । उनले आज मंगलबार ट्वीटरमा प्रधानमन्त्रीलाई मेन्सन गर्दै शर्माले प्रहरी नियन्त्रणमा रहेका युवाहरुलाई रिहा गर्न माग गरेका छन । शर्माले लेखेका...
काठमाण्डु,१४ चैत– नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । पार्टी कार्यालयमा मध्याह्न १२ बजेका लागि सचिवालयको बैठक बोलाइएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन । नेकपा एसका नेताहरुले आज मंगलबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई...
काठमाण्डु,१४ चैत– सरकारले मिटरब्याज पीडितहरूसँग छलफल गर्न वार्ता समिति गठन गरेको छ । समितिले पीडितहरूसँग वार्ता गरेपछि आवश्यक निर्णयका लागि आज दिउँसो बस्ने मन्त्रिपरिषद्को बैठकमा छलफल हुने भएको छ । सरकारले पीडितहरूका समस्या समाधानका लागि कानुनी जटिलता फुकाउन संसद्मा विधेयक दर्ता गर्ने तयारीसमेत रहेको...
काठमाण्डु,१४ चैत– मिटर ब्याज पीडितहरुले ऐक्यबद्धता जनाउन माइतीघरमा पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीविरुद्ध मिटर ब्याजी पीडितहरुले नाराबाजी गरेका छन । मिटर ब्याजी पीडितहरुले ज्ञानेन्द्र शाही राजवादी र सामान्तवादी रहेको भन्दै उनीबिरुद्ध नाराबाजी गरेका हुन् । आफूहरुको नागरिक आन्दोलन गरेको भन्दै उनीहरुले...