
काठमाण्डु,१४ चैत– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले तराईबाट आएका मिटरब्याजी पीडितको समस्या समाधान गर्न पहलकदमी लिएका छन् ।
गत सोमबार काठमाण्डुमा आइपुगेका मिटरब्याजीको समस्या समाधान गर्न तत्परता देखाएका छन । मिटरब्याजी पीडितको समस्या समाधान गर्न सबैभन्दा पहिले सचिवालय मार्फत काम गरेको प्रधानमन्त्रीका स्वकीय सचिव गंगा दाहालले जानकारी दिएकी छन ।
उनकाअनुसार तराईबाट पैदल हिँडेरै आउन थालेपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर गुनासो सुनेर सम्बोधन गर्न आग्रह गरिएको थियो ।
तर, प्रमुख जिल्ला अधिकारीबाट समस्या समाधान नभएपछि मिटरब्याजी पीडित ११ दिन पैदल हिँडेर काठमाण्डुमा आएका थिए । सोही क्रममा प्रधानमन्त्री प्रचण्डले मिटरब्याजी पीडितसँग छलफल गर्न गृह सचिवलाई निर्देशन दिएका थिए ।
लगत्तै उनीहरूको समस्या समाधान गर्न समिति गठन भइसकेको छ । आज बस्ने मन्त्रिपरिषद् बैठकले मिटरब्याजी पीडित सम्बन्धी विधेयक संसदमा लैजाने विषयमा निर्णय गर्ने प्रधानमन्त्रीका स्वकीय सचिव दाहालले बताएकी छन ।