नरेन्द्र मोदी र सहबाज शारिफ राजनेता हुन्ः पाकिस्तानी उपप्रधानमन्त्री

काठमाण्डु टुडे २०८२ वैशाख २७ गते १८:३५ मा प्रकाशित

एजेन्सी– पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक दारले पाकिस्तानका उपप्रधानमन्त्री इशाक दारले दुई मुलुकबीच जारी तनाब अन्त्य गर्न युद्धविरामको सहमति भएको घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले आफूलाई यो घोषणा गर्न पाउँदा खुसी लागेको बताए । भारत र पाकिस्तान सरकारका प्रतिनिधिबीच तेश्रो स्थानमा वार्ता हुने उनले बताए ।

‘भारत र पाकिस्तानबीच तत्काल युद्धविराम गर्न र तटस्थ स्थानमा व्यापक मुद्दाहरूमा वार्ता सुरु गर्ने सहमति भएको छ’, उनले भनेका छन् ।

क्षेत्रीय शान्तिका लागि आफ्ना प्रधानमन्त्री शहबाज शारिफ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विवेक र बुद्धिमत्ता प्रशर्दन गरेको भन्दै प्रशंसा गरे ।

उनले मोदी र शारिफलाई राजनेताको उपमा दिए ।

त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत भारत र पाकिस्तानबीच युद्धविरामको सहमति भएको घोषणा गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us