रसुवातर्फ उड्यो प्रधानमन्त्रीसहितको सरकारी टोली

काठमाण्डु टुडे २०८२ असार २४ गते १५:३० मा प्रकाशित

काठमाण्डू, २४ असार– सोमबार राति चीनतर्फबाट आएको अकस्मातको बाढीका कारण जनधनको क्षति भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीसहितको सरकारी टोली घटनास्थतर्फ प्रस्थान गरेको छ ।

नेपाली सेनाको हेलिकप्टरबाट प्रधानमन्त्रीसहितको टोली मंगलबार अपराह्न रसुवागढीतर्फ प्रस्थान गरेको बालुवाटार निकट उच्च स्रोतले जानकारी दिएको छ ।

टोलीमा गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, गृह सचिव गोकर्णमणि दुवाडीलगायतका सरकारी अधिकारी रहेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।

टोलीले घटनास्थलको अवलोकन पछि राहत, पुनर्स्थापना र पुनर्निर्माणबारे आवश्यक निर्णय गर्ने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us