
काठमाण्डु,१४ चैत– मिटर ब्याज पीडितहरुले ऐक्यबद्धता जनाउन माइतीघरमा पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीविरुद्ध मिटर ब्याजी पीडितहरुले नाराबाजी गरेका छन ।
मिटर ब्याजी पीडितहरुले ज्ञानेन्द्र शाही राजवादी र सामान्तवादी रहेको भन्दै उनीबिरुद्ध नाराबाजी गरेका हुन् । आफूहरुको नागरिक आन्दोलन गरेको भन्दै उनीहरुले राजावादी र सामान्तवादीको समर्थन र ऐक्यबद्धता नचाहिने बताएका छन ।
आज मंगलबार बिहान टंगालमा धर्ना बसेका उनीहरु भद्रकाली हुँदै माइतीघर मण्डलामा पुगेका फेरि धर्नामा बसेका छन् । उनीहरु पुग्ने वित्तिकै ज्ञानेन्द्र शाही पनि आन्दोलनमा ऐक्यबद्धता जनाउने भन्दै माइतीघर गएका थिए ।
ज्ञानेन्द्र शाहीले भने आफू जनप्रतिनिधि भएको नाताले नागरिकको समस्या बुझ्न आएको बताएका थिए । तर मिटर ब्याज पीडितले उनको कुरै सुन्न चाहेनन् र उनीबिरुद्ध चर्को नाराबाजी गरेका छन ।