
काठमाण्डू, २७ असार– प्रहरीले काठमाण्डू महानगरपालिका–३२ कोटेश्वर स्थित पाल्पाकोट चोकबाट प्रहरीले ४० किलो गाँजा (पेलेन) सहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–४ घर भएका १९ वर्षीय निराजन चेपाङ, १९ वर्षीय प्रकाश चेपाङ, २० वर्षीय शंकर चेपाङ, सोही ठाउँ घर भएर महाराजगञ्ज बस्ने ३६ वर्षीय जीवन प्रजा र कोटेश्वर बस्ने सुमन चेपाङ रहेको प्रहरीले जनाएको छ ।
आरोपीहरूलाई बुधवार जिल्ला प्रहरी परिसर काठमाण्डू र उपत्यका अपराध अनुसन्धान कार्यालयका संयुक्त टोलीले पक्राउ गरेको परिसर काठमाण्डूका एसपी अपिल बोहराले जानकारी दिएका छन ।
उनीहरूको साथबाट ४० किलो गाँजा ९पेलेन० र १ लाख २५ हजार नगद बरामद गरेको छ । आरोपीहरू विरुद्ध अदालतबाट ७ दिनको म्याद लिएर प्रहरी वृत्त बानेश्वरले अनुसन्धान गरिरहेको एसपी बोहराले जानकारी दिए ।