
काठमाण्डू, २७ असार– पूर्व राष्ट्रपति समेत रहेकी एमाले नेतृ विद्या भण्डारी एमालेको आगामी विधान महाधिवेशनमा प्रतिनिधि बन्न नपाउने भएकी छन् ।
एक वर्षअघि पार्टी सदस्यता नवीकरण गरे पनि दशौँ महाधिवेशनमा प्रतिनिधि नबनेका कारण विधानअनुसार उनी प्रतिनिधि बन्न अयोग्य ठहरिने पक्का रहेको स्रोत बताउँछ । यस्तै एमाले महासचिव शंकर पोखरेलका अनुसार महाधिवेशनका प्रतिनिधि मनोनयन गर्ने प्रावधान विधानमा नरहेको बताउँछन् । भण्डारीलाई सहभागी गराउन केन्द्रीय कमिटीले विशेष निर्णय गर्नुपर्ने हुन्छ ।
भण्डारी एमालेको नेतृत्वमा आउने आकांक्षासहित सक्रिय भएकी छन् भने अध्यक्ष ओली भने दुई कार्यकाल र ७० वर्षे उमेरहद हटाउन लागिपरेका छन् । यी विषयमा विवाद बढ्दै जाँदा विधान महाधिवेशन थप जटिल बन्ने पक्का छ ।