
काठमाण्डु,१४ चैत– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै महत्त्वपूर्ण र संवेदनशील रहेको बताएका छन ।
आज (मंगलबार) राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । प्रचण्डले विश्व परिवेशमा भइरहेका घटनाहरूको कारण राष्ट्रिय सुरक्षाको मामिलामा भएको क्रमिक विकास र परिवर्तनले राष्ट्रिय सुरक्षामा प्रभाव पारेको बताएका छन ।
उनले अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रूपमा उदीयमान शक्ति राष्ट्रहरू, सूचना एवं प्रविधिको तीव्रतर र बहुआयमिक विकासको साथै राष्ट्रिय रूपमा राजनैतिक, सामाजिक, सांस्कृतिक एवं आर्थिक क्षेत्रमा देखिएका परिवर्तनहरूले हरेक राष्ट्रको राष्ट्रिय सुरक्षामा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ। यो तथ्य नेपालजस्ता मुलुकहरूका लागि झन् बढी महत्त्वपूर्ण हुने बताएकमा छन ।