
काठमाण्डु,१४ चैत– नेकपा एकीकृत समाजवादीले आफुले कम्तिमा ३ मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । आज (मंगलबार) बसेको सचिवालय बैठकमा सरकारमा सहभागिताबारे छलफल भएको थियो ।
बैठकमा नेताहरुले आज मंगलबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलबारे जानकारी गराएका थिए ।
सिट बाँडफाँट टुंगो लागिनसकेकाले मन्त्रीहरुको नाम टुंगो नलागेको बैठकपछि उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिएका छन । उनले भने, ‘जति चाँडो नाम माग्नुहुन्छ, त्यति चाँडो बैठक बसेर नामहरु दिने छौं’ कम्तिमा ३ पाउनुप¥यो भन्ने हाम्रो दाबी छ, मन्त्रालयको टुंगो लागेको केही घण्टामा नाम दिन्छौं ।’
बैठकले केदार न्यौपाने र चुडामणि जंगलीले दिएको राजीनामा पनि स्वीकृत गरेको छ एकीकृत समाजवादीले मिटरब्याजीविरुद्ध काठमाण्डुमा भइरहेको आन्दोलनप्रति समर्थन जनाएको छ र उनीहरुको माग तत्काल पुरा गर्न माग गरेको छ ।