
सप्तरी,१४ चैत– सप्तरीको रुपनीस्थित पिपराहीमा रहेको जेएसआर इँटा भट्टाको पर्खाल भत्किँदा एक जना भारतीय मजदुरको मृत्यु भएको छ । मूत्यु हुनेमा भारतको पश्चिम बंगालका ४५ वर्षीय अलिम अजिम रहेका छन ।
यस्तै उक्त पर्खाल भत्किँदा अरु २ जना घाइते भएको प्रहरीले बताएको छ । घाइते हुनेमा मृतककी श्रीमती मुजिना र भारत पश्चिम बंगालकै जहरुल हक रहेका सप्तरीका प्रहरी प्रवक्ता डीएसपी नरेशकुमार सिंहले जानकारी दिएका छन ।
मजदुरहरूले इँट्टा निकाल्ने क्रममा भट्टाको पूर्व पट्टीको पर्खाल भत्किएको थियो । पर्खालले थिचेका अजिमलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा लगिएको थियो ।
तर अस्पतालले अस्पताल आउनु अघि नै उनको मृत्यु भएको प्रहरीले बताएको छ । घाइते हुने दुवैको उपचार भइरहेको प्रहरीले बताएको छ ।