
काठमाण्डु,१४ चैत– आज मंगलबार सत्ता गठबन्धनको बैठक बस्दै छ । बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ । बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
यसअघि सोमबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो ।
उक्त भेटवार्तामा मंगलबार दिउँसो ४ बजे गठबन्धनमा आबद्ध दलका नेताको बैठक बोलाउने सहमति भएको थियो । आजको बैठकले मन्त्रालय भागवण्डाको अन्तिम टुङ्गो लगाउने नेता हरुले बताएका छन ।
लामो समय मन्त्रालयहरू रिक्त रहँदा जनसरोकारका काममा समेत प्रभाव परेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले आज भोलि नै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिरहेका छन् ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई एक राज्यमन्त्रीसहित ८, माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ५ राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीलाई एक राज्यमन्त्रीसहित ३–३ मन्त्रालय, जसपालाई दुई मन्त्रालय दिने गरी भागवण्डाको खाका तयार पारेको बताइएको छ ।