
काठमाण्डु,१४ चैत– नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । पार्टी कार्यालयमा मध्याह्न १२ बजेका लागि सचिवालयको बैठक बोलाइएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन ।
नेकपा एसका नेताहरुले आज मंगलबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेलगत्तै समाजवादीले बैठक बोलाएको हो ।
बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा छलफल र आवश्यक निर्णय हुने नेता हरुले बताएका छन ।
यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्डसँग एकीकृत समाजवादीका नेताहरुले आफूहरुले पाउने मन्त्रालय र संख्याबारे छलफल गरेका थिए ।