काठमाण्डु, १९ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ । उनीहरुबीच भेटवार्ता भएको तस्बिर रास्वपाले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको छ । दुई नेताबीच आज मंगलबार भेटवार्ता भएको हो । ‘नयाँ शक्तिहरू बीचको सौहार्दता स्...
काडमाण्डु, १९ वैशाख- नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसँग संलग्न भएको भन्दै पक्राउ परेका इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । तर उनी नेपालमा नरहेको प्रहरी स्रोतले बतायको छ। इन्द्रजितलाई भने मंगलबार बिहान प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ ।...
काठमाण्डु, १९ वैशाख– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई...
काठमाण्डु, १९ वैशाख– यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्न सफल भएको छ । यससँगै नेपालले एसिया कपमा पनि आफ्नो स्थान बनाएको छ । यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि...
काठकमण्डु ,१९ वैशाख- सोमबारदेखि अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फीरुपमा खुला भएको छ । हिजो धादिङको गणेशखोलामा पुल भासिएपछि अवरूद्ध बनेको राजमार्ग १८ घन्टापछि एकतर्फी रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले बतायको छ। तर सडक सञ्चालनमा आयपनी राजमार्गमा यतिबेला चर्को जाम रहेको छ ।...
काठमाण्डु, १९ वैशाख- पूर्व मन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार इन्द्रजीत राई पक्राउ परेका छन् । राईलाई ललितपुरको सौखेलबाट मंगलबार बिहान प्रहरीले पक्राउगरेको हो। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा राईको संलग्नता देखिएकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।‘ बादल’ गृहमन्त्री...
काठमाण्डु, १८ वैशाख– काँग्रेस नेता एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सत्ता गठबन्धनको सरकार पाँचै वर्ष टिक्ने दाबि गरेका छन । साथै उनले अब नेकपा एमाले पाँच वर्ष प्रतिपक्षमा बस्ने पनि बताएका छन । आज सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका ४ को हनुमान...
काठमाण्डु, १८ वैशाख– नेपाल सरकार र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच सात बुँदे सहमति भएको छ । आज (सोमबार) नेपाल सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र केन्द्रका अध्यक्ष पुनबीच सात बुँदे सहमति भएको हो । दुई पक्षबीच अनुसन्धान तथा विकास, नवप्रवर्तन...
काठमाण्डु, १८ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने चयन भएका छन । आज सोमबार बसेको संसदीय दलको बैठकले पार्टी सभापति समेत रहेका लामिछानेलाई दलको नेता चयन गरेको हो । त्यसअघि बसेको केन्द्रीय समिति बैठकले लामिछानेलाई दलको नेता बनाउन प्रस्ताव गरेको थियो...
काठमाण्डु, १८ वैशाख– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेका हरेक सकारात्मक काममा प्रहार भइरहेको बताएका छन । उनले बहिर्गमित लडाकूलाई २ लाख रुपैयाँ दिने निर्णयमा पनि स्यालहुइयाँ मच्चाउन खोजिएको भन्दै यसलाई छुट दिन नसकिने बताएका छन । माओवादीसम्बद्ध अखिल...
काठमाण्डु, १८ वैशाख– एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र यूएईबीच भोलि हुने खेल हेर्न दर्शकले नयाँ टिकट किन्न नपर्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले नेपाल र यूएईबीचको भोलि हुने बाँकी खेल निशुल्क हेर्ने दिने जानकारी दिएको छ । नेपाल विरुद्ध भोली...
एजेन्सी– रुसबाट सस्तोमा पेट्रोलियम पदार्थ किनेर भारतले युरोपतर्फ निर्यात बढाउन सुरु गरेको छ । रुसले छिमेकी युक्रेनमाथि हमला सुरु गरेपछि युरोपियन मुलुकले रुसमाथि प्रतिबन्ध लगाउँदै तेल किन्न छाडेका थिए । यही मौका छोप्दै भारतले रुसबाट सस्तोमा तेल किनेर युरोपमा बेचिरहेको छ । रुसमाथि युरोपियन...