नेपालले जित्यो एसीसी प्रिमियर कप, एसिया कपमा भारत र पाकिस्तानसँग भिड्ने

काठमाण्डु टुडे २०८० वैशाख १९ गते १२:१० मा प्रकाशित

काठमाण्डु, १९ वैशाख– यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्न सफल भएको छ । यससँगै नेपालले एसिया कपमा पनि आफ्नो स्थान बनाएको छ ।

यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुल्शन झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट गरेका थिए ।

आइतबार टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २७.३ ओभरमा १०६र९ बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । सोमबार त्यहीबाट अघि खेल्न थालेको यूएईले थप ११ रन जोड्दा बाँकी विकेट गुमाएको थियो ।

११८ रनको समान्य लक्षय पछ्याएको नेपालको सुरुवात भने राम्रो थिएन । दोस्रो ओभरको पहिलो बलमै ओपनर कुशल भुर्तेल व्यक्तिगत एक रनमा आउट भए, जतिबेला नेपालको स्कोर पनि एक मात्र थियो । तेस्रो नम्बरमा गुल्सन झा ब्याटिङका लागि गए

। उनीसँग १८ रनको साझेदारी गरेका आसिफ शेख ९८० सातौं ओभरको पहिलो बलमै आउट भए । लगतै कप्तान रोहितकुमार पोडेल आउट भएपछि नेपाल केही दबावमा परेको थियो ।

तर गुल्सनले भीम सार्कीसँग मिलेर नेपाललाई जिताए । दुबैले चौथो विकेटका लागि अविजित ९६ रनको साझेदारी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us