
काठमाण्डु, १९ वैशाख- पूर्व मन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार इन्द्रजीत राई पक्राउ परेका छन् ।
राईलाई ललितपुरको सौखेलबाट मंगलबार बिहान प्रहरीले पक्राउगरेको हो। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा राईको संलग्नता देखिएकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।‘
बादल’ गृहमन्त्री हुँदा राई सुरक्षा सल्लाहकार रहेका थिए । यस्सगै यो प्रकरणमा यसअघि प्रहरीले अरू पाँच जनालाई पक्राउ गरिसकेको छ । राईसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म पक्राउ पर्नेको सङ्ख्या ६ पुगेको छ ।