
काठमाण्डू,७ जेठ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजावादी आन्दोलनमा कुनै सहयोग गर्न नसकिने स्पष्ट गरेको छ ।
राजावादी दल राप्रपाले आन्दोलनमा सहयोग गर्न आग्रहसहित रास्वपालाई पत्राचार गरेको थियो । जवाफमा आफूहरुले कुनै सहयोग हुन नसक्ने बताएको रास्वपा सहप्रवक्ता मनिष झाले बताए ।
राप्रपाले राजतन्त्र पुनस्र्थापनाका लागि भन्दै आगामी १५ जेठबाट आन्दोलन घोषणा गरेको छ । झाले प्रणाली सञ्चालक र उनीहरुका तौरतरिकाप्रति आफूहरुको असहमति रहे पनि गणतन्त्रको विपक्षमा आफूहरु नरहेको स्पष्ट गरे ।
पूर्वराजा ज्ञानेन्द्र शाहले गठन गरेको जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले रास्वपालाई पत्राचार गर्दै आन्दोलनमा सघाउन भनेका थिए ।