पार्टी नेताको गोप्य भिडियो खिचेको आरोपमा रास्वपाका एक नेता कारबाहीमा

काठमाण्डु टुडे २०८२ जेठ ७ गते २०:५० मा प्रकाशित

काठमाण्डू,७ जेठ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक नेतामाथि कारबाही गरेको छ ।

एक निर्वाचन क्षेत्रीय उपसंयोजकले पदाधिकारीमाथि पार्टी अनुशासन उल्लंघन गरेकाले कारबाही गरिएको सो पार्टीले जनाएको छ ।

गोप्य रुपमा पार्टी नेताहरुको भिडियो खिचेको अभियोगमा कारबाही गरिएको कार्यबाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए । बुर्लाकोटीले कारबाही गरिएका व्यक्तिको परिचय भने गोप्य राखिएको बताए ।

अनुमतिबिना पार्टीका केन्द्रीय पदाधिकारीसँगको भेटमा मोबाइलबाट गोप्य रूपमा भिडिओ रेकर्ड गरेको पाइएकोले उनलाई अनुशासनको कारबाही गरिएको बुर्लाकोटीले बताए ।

निलम्बन तीन दिनका लागि मात्र गरिएको पनि उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us