भोलि उपस्थित हुने गरी अख्तियारले भट्टराईलाई छाड्यो

काठमाण्डु टुडे २०८२ जेठ ७ गते २१:३२ मा प्रकाशित

काठमाण्डू, ७ जेठ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सह-सचिव तीर्थराज भट्टराईलाई बिहीबार उपस्थित हुने गरी रिहा गरेको छ ।

भट्टराईलाई बिहीबार कार्यालय समयमा उपस्थित हुने सर्तमा छाडिएको अख्तियार श्रोतले जनाएको छ ।

सहसचिव भट्टराईलाई मानव तस्करसँगको सेटिङमा विभिन्न देशमा भ्रमण भिसामा मानिस पठाउने गरेको अभियोगमा अख्तियारले बुधबार दिउँसो पक्राउ गरेको थियो ।

भट्टराईलाई टंगालस्थित कार्यालयमा लगेर बयान लिइएको थियो । भट्टराईको मोबाइल भने अख्तियारले जफत गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us