सरकार र महावीर पुनबीच सातबुँदे सहमति

काठमाण्डु टुडे २०८० वैशाख १८ गते १८:१७ मा प्रकाशित

काठमाण्डु, १८ वैशाख– नेपाल सरकार र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच सात बुँदे सहमति भएको छ ।

आज (सोमबार) नेपाल सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र केन्द्रका अध्यक्ष पुनबीच सात बुँदे सहमति भएको हो ।

दुई पक्षबीच अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविस्कारसम्बन्धी कार्यहरु एकीकृत रुपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्नेलगायतका विषयमा सहमति भएको छ ।

यस्तै कोषको व्यवस्थापन तथा संचालन गर्न सङ्घीय संसदको आउँदो अधिवेशनमा विधेयक पेश गरी पारित गर्ने र सो विधेयकको मस्यौदा सरोकारवालाको परामर्शमा आगामी ६० दिनभित्र तयार सहमति पत्रमा उल्लेख गरीएको छ ।

मागपत्रमा उल्लिखित अन्य विषयहरुलाई सरकारले कानुन बनाउँदा ध्यान दिन बताइएको छ । त्यस्तै पुनको नेतृत्वमा भइरहेको धर्ना लगायत सबै आन्दोलनका कार्यक्रम अहिले नै अन्त्य गर्ने सहमति भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us