
काठमाण्डू, ७ जेठ– गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ भने आमा घाइते भएकी छन । गोरखाबाट आरुघाटतर्फ गइरहेको ग २ ख ९२५ नम्बरको बसको ठक्करबाट गोरखा नगरपालिका–४ फिनामकी चार वर्षीया सुविना सुर्खेतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गोरखाले जनाएको छ ।
बुधबार दिउँसो बसबाट ओर्लिने क्रममा सोही बसको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
उनका अनुसार घटनामा परेर बालिकाकी आमा २० वर्षीया विनिता सुर्खेती भने गम्भीर घाइते भएकी छिन् । विनिताको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको उनले जानकारी दिएका छन । साथै घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।