
काठमाण्डु, १९ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच भेटवार्ता भएको तस्बिर रास्वपाले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको छ । दुई नेताबीच आज मंगलबार भेटवार्ता भएको हो ।
‘नयाँ शक्तिहरू बीचको सौहार्दता स् नयाँ र केही गरौँ भन्दै नेपालको राजनीतिमा उदाएका नयाँ शक्तिहरूबीच हार्दिकता र स्वच्छ प्रतिस्पर्धा आजको आवश्यकता हो ।’, तस्बिरसहितको पोस्टमा भनिएको छ ।