अर्थमन्त्री कोइराला ब्रसेल्समा

२०७० भदौ २८ गते १३:१७

 काठमाण्डु २९ भदौ–बेल्जियमको गेन्ट शहरमा शनिवारदेखि शुरु हुने भलान्द्रा एक्स्पोमा एसेन्टा ०१३ व्यापार मेलामा सहभागी हुन अर्थमन्त्री शंकर कोइराला ब्रसेल्स पुगेका छन । पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोइराला शुक्रवार काठमाण्डुबाट ब्रसेल्स प्रस्थान गरेका थिए । यस वर्ष नेपाल ‘गेष्ट अफ अनर’को रुपमा रहेको...

सिरिया मामिलामा रुस–अमेरिका बैठक दोस्रो चरणमा प्रवेश

२०७० भदौ २८ गते १३:१६

सिरियाको रासायनिक हतियारका सम्बन्धमा रुस र अमेरिकाबीच जारी बैठक दोस्रो चरणमा प्रवेश गरेको छ । रुस र अमेरिकाका विदेशमन्त्रीहरुबीच स्वीट्जरल्याण्डको जनेभामा भईरहेको बैठक बुधबार एक घण्टा चलेको थियो । दोस्रो चरणको बैठकमा संयुक्त राष्ट्र संघ तथा अरब लीगका दुत लखदर ब्राहिमी पनि बैठकमा सामेल...

युवा फुटबलर विमल घर्तीमगर सम्मानित

२०७० भदौ २८ गते १३:११

काठमाण्डु २८, भदौ–युवा फुटबलर विमल घर्तीमगर सम्मानित भएका छन् । मगर राष्ट्रिय मुक्ति मोर्चा, नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा शुक्रबार एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फुटबलर घर्तीलाई सम्मानपत्रले सम्मान गरेका हुन् । विमल घर्तीमगर आठौं साफ च्याम्पियनसिपमा पाकिस्तानसँगको खेलमा नेपालको तर्फबाट...

अमेरिकी महाबाणिज्यदुतावासमा तालिवानको आक्रमण

२०७० भदौ २८ गते १३:०७

कावुल–अफगानिस्तानको दक्षिणी शहर हेरतमा तालिवानले अमेरिकी महावाणिज्य दुतावासमा आक्रमण गरेका छन् । तालिवानले आक्रमण गरेपछि अमेरिकी सेना र अफगानसेनाको आक्रमणकारीहरुसित भिडन्त भएको थियो । भिडन्तमा दुई अफगान सैनिक र ७ जना आक्रमणकारी मारिएका छन् । अमेरिकी महावाणिज्य दुतावास र त्यहाँका कर्मचारी भने सुरक्षित रहेको...

वैदेशिक रोजगार व्यवसायी आन्दोलित

२०७० भदौ २८ गते १०:४०

काठमाण्डु, २८ भदौ –अध्यागमन कार्यालयको ढिलाइका कारण व्यवसाय प्रभावित भएको भन्दै वैदेशिक रोजगार व्यवसायीहरुले आन्दोलन घोषणा गरेका छन् । वैदेशिक रोजगार ब्यवसायी हकहित संघर्ष समितिले शुक्रबार काठमाण्डुमा पत्रकार सम्मेलन गरी आफ्ना ११ बुँदे माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएको छ । समितिले...

चुनावको तयारी

२०७० भदौ २८ गते १०:३३

राष्ट्रपति रामवरण यादवको आह्वानमा शुक्रबार शीतलनिवासमा बसेको सर्वदलीय बैठकमा सहभागी नेताहरु । तस्वीर : काठमाण्डु टुडे...

राजदूतले कुटनीतिक मर्यादा नाघे : माओवादी

२०७० भदौ २८ गते १०:२६

काठमाण्डु, २८ भदौ – नेकपा–माओवादीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न र कुटनीतिक मर्यादामा रहन नेपालस्थित राजदूतहरुको ध्यानाकर्षण गराएको छ । युरोपियन युनियनलगायत विभिन्न राष्ट्रका राजदूतहरुले कुटनीतिक मर्यादा नाघेर नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरी आन्दोलन विरुद्ध लाग्न र लाग्नेलाई सहयोग गर्ने घोषणा गरेको माओवादीको...

युवती बलात्कारका सबै आरोपीलाई मृत्युदण्ड

२०७० भदौ २८ गते ९:५३

काठमाण्डु, २८ भदौ–भारतको नयाँदिल्लीमा बसभित्र एक युवतीलाई सामूहिक बलात्कार गरेको अभियोगमा चारजनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । दिल्ली अदालतका न्यायाधीश योगेश खन्नाले शुक्रबार सबै अभियुक्तलाई बलात्कारमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला गरेका हुन् ।...

ईयूको टोली असोज दोस्रो साता नेपाल आउने

२०७० भदौ २८ गते ९:३२

काठमाण्डु, २८ भदौ–आगामी मंसिर चार गते हुने दोस्रो संविधानसभा चुनावको पर्यवेक्षण गर्न युरोपियन युनियन (ईयु)को टोली असोज दोस्रो साता नेपाल आउने भएको छ । नेपालस्थित युरोपियन युनियनले शुक्रबार विज्ञप्ति जारी गरी यसको जानकारी दिएको हो । ...

बधाई छ

२०७० भदौ २८ गते ९:१२

मगर राष्ट्रिय मुक्तिमोर्चाको कार्यक्रममा शुक्रबार युवा राष्ट्रिय खेलाडी बिमल घर्तीमगरलाई सम्मान गर्दै एमाओवादी अध्यक्ष प्रचण्ड । उनले आठौं साफ च्याम्पियनसिप अन्तर्गत पाकिस्तानविरुद्धको खेलमा निर्णायक गोल गरेका थिए । तस्विर : काठमाण्डु टुडे  ...

शान्ति र बिकासका लागि स्थायी सरकार:प्रचण्ड

२०७० भदौ २८ गते ८:४५

काठमाण्डु, २८ भदौ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा स्थायी सरकार आवश्यक रहेको बताएका छन् । स्थायी सरकारबिना मुलुकका अगाडि विद्यमान समस्याको समाधान सम्भव नरहेको उनको भनाइ छ । उनले आसन्न संविधानसभा निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत दिन पनि आमजनतालाई अपिल गरे । ‘देशको...

निर्वाचन नहुँदासम्म सरकार ढल्दैन : महतो

२०७० भदौ २८ गते ८:४३

काठमाण्डु, २८ भदौ – सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधानसभा निर्वाचन नहुन्जेलसम्म खिलराज रेग्मी नेतृत्वको वर्तमान सरकार कुनै पनि हालतमा परिवर्तन नहुने ठोकुवा गरेका छन् । काठमाण्डुमा शुक्रबार भएको एक कार्यक्रममा उनले आफूहरुले पनि सम्झौता गरेर निर्वाचनको लागि बर्तमान सरकार स्विकार गरेकोले सरकार परिवर्तन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us