युवा फुटबलर विमल घर्तीमगर सम्मानित

काठमाण्डु टुडे २०७० भदौ २८ गते १३:११ मा प्रकाशित

Bimalकाठमाण्डु २८, भदौ–युवा फुटबलर विमल घर्तीमगर सम्मानित भएका छन् । मगर राष्ट्रिय मुक्ति मोर्चा, नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा शुक्रबार एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फुटबलर घर्तीलाई सम्मानपत्रले सम्मान गरेका हुन् ।
विमल घर्तीमगर आठौं साफ च्याम्पियनसिपमा पाकिस्तानसँगको खेलमा नेपालको तर्फबाट १ गोल गरेपछि चर्चामा आएका छन् । उनलाई मगर मुक्ति मोर्चाले फुटबल खेलबाट मगर समुदायको शिर उचो पारेको भन्दै सम्मान गरेको हो । राष्ट्रिय टिममा विमल एक जनामात्र मगर खेलाडी हुन् ।
सो अवसरमा मोर्चाले विभिन्न क्षेत्रका १० जना मगर अगुवाहरुलाई सम्मान गरेको थियो । अनुसन्धानकर्ता डा. महावीर पुन, फिल्म निर्देशकहरु युवराज मास्कीमगर, किशोर रानामगर, नायिका रुपा रानामगर, पत्रकार उजिर मगर, बक्सर प्रकाश थापामगर, अधिवक्ता गौबहादुर आलेमगर, व्यवसायी मानबहादुर बुढामगर र सगरमाथा आरोही तिलकविक्रम बुढाथोकी मगरलाई सम्मान गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us