संबिधानसभा निर्वाचनमा पर्याप्त पर्यवेक्षक पठाउन अन्तराष्ट्रिय समुदायलाई आग्रह

२०७० भदौ २ गते १५:१७

काठमाण्डु २ भदौ –अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले पर्याप्त संख्यामा पर्यवेक्षक पठाएर आगामी मंसिर ४ गते हुने संबिधानसभा निर्वाचनको अवलोकन गर्न अन्तराष्ट्रिय समुदायलाई आग्रह गरेका छन । बिश्वका एक सय ३८ मुलुकसँग नेपालले कुटनीतिक सम्बन्ध बिस्तार गरिसकेको स्मरण गराउदै अध्यक्ष रेग्मीले त्यस्तो आग्रह गरेका...

तामाङ समुदायको समानुपातिक प्रतिनिधित्व : एमाले

२०७० भदौ २ गते १०:५०

ललितपुर २ भदौ–नेकपा एमालेका नेताहरुले तामाङ समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरेका छन । एमाले निकट नेपाल लोकतान्त्रिक तामाङ संघको अगुवा कार्यकर्ताहरुको राष्ट्रिय भेलामा एमाले अध्यक्ष झलनाथ खनाल र महासचिव इश्वर पोखरेलले त्यस्तो धारणा व्यक्त गरेका हुन । अध्यक्ष खनालले अवको संविधान...

सरकार–माओवादी वार्ता स्थगित

२०७० भदौ २ गते १०:२०

काठमाण्डु २ भदौ-आन्तरिक गृहकार्य नपुगेको भन्दै नेकपा–माओवादी नेतृत्वको ३२ दलीय मोर्चा र सरकार वीचको वार्ता अनिश्चितकालका लागि स्थगित भएको छ । बबरमहलस्थित शान्ति सचिवालयमा अपरान्ह बस्ने भनिएको बैठक आन्तरिक गृहकार्य नपुगेको भन्दै स्थगित भएको हो । बैठक स्थगितपछि ३२ दलीय मोर्चा कार्यदलको बैठक नेकपा–माओवादी...

एनआरएन बेलायतमा विवाद, समानान्तर एनआरएन बन्ने सम्भावना

२०७० भदौ २ गते २:५०

बेलायत, २ भदौ -गैरआवासीय नेपाली संघ एनआरएन बेलायतमा आन्तरिक विवाद तीव्र बनेको छ । विवादसँगै एनआरएन बेलायत दुई चिरामा विभाजित हुने देखिएको छ । सदस्यस्ता फाराम भर्ने विषयमा निर्वाचन समितिले देखाएको गलत रबैयाले विवाद बढेको हो । विवादपछि नामा दर्ता गर्नबाट बञ्चित भएकाहरुले समानान्तर...

‘दोरम्बाका पीडित घोर अन्यायमा’

२०७० भदौ १ गते १६:०९

काठमाण्डु १ भदौ-राष्ट्रिय मानवअधिकार आयोगले रामेछापको दोरम्बामा हत्या गरिएका १९ जना निर्दोष र निहत्था नागरिकका पीडितहरु प्रति राज्यले घोर अन्याय गरेको ठहर गरेको छ । सो हत्याकाण्ड भएको १० बर्ष पूरा हुँदा पनि पीडक पक्षलाई कानुनी कार्वाही नगरिएको र पीगितहरुले राहत,परिपूरण र क्षतिपूर्ति नभएको...

काँग्रेसद्धारा उम्मेदवार सिफारिस गर्न निर्देशन

२०७० भदौ १ गते १५:३६

काठमाण्डु १ भदौ–संबिधानसभाको दोस्रो निर्वाचनका लागि नेपाली काँग्रेसले आगामी भदौ २० गतेसम्म उम्मेदवारको नाम सिफारिस गर्न सबै जिल्ला समितिलाई निर्देशन दिएको छ । सो पार्टीको केन्द्रीय कार्यसमितिको शनिवार पार्टी मुख्यालय ललितपुरमा बसेको बैठकले त्यस्तो निर्देशन दिएको हो । बैठकले जिल्ला,क्षेत्र,नगर,नगर वडा,गाउँ र गाउँ वडा...

अफगानिस्तानसँग नेपाल पराजित

२०७० भदौ १ गते १०:५२

काठमाण्डु, १ भदौ । सिंगापुरमा सुरु एसिसी इमर्जिङ टिम्स् कपअन्तर्गत नेपाल आफ्नो पहिलो खेलमै पराजित भएको छ । सिंगापुरस्थित पदाङमा वर्षाले प्रभावित खेलमा नेपाललाई अफगानिस्तानले ३ रनको झिनो अन्तरले पराजित गरेको हो । वर्षाले बीचमै रोकिएको खेलमा १ सय ६४ रनको लक्ष्य लिएर ब्याटिङ...

भन्सार छलीको सामान प्रहरीबाट बरामद

२०७० भदौ १ गते १०:४३

सुनसरी, १ भदौ । सुनसरीको नरसिंह क्षेत्रबाट भन्सार छलेर भारतबाट ल्याइँदै गरिएको अवैध सामान प्रहरीले बरामद गरेको छ । सीमावर्ती भारतको बसमतिया बजारबाट सातवटा साइकलमा राजश्व छलेर इनरुवातिर ल्याउँदै गरिएको करिब २ लाख बराबरको अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ...

‘काँग्रेस–एमाले चुनाव हुन नदिने खेलमा’

२०७० भदौ १ गते ६:२१

काठमाण्डु १ भदौ -एकीकृत माओवादी नेता बाबुराम भट्टराईले काँग्रेस–एमाले मंसिर ४ मा संविधानसभा निर्वाचन हुन नदिने खेलमा लागेको आरोप लगाएका छन् । पार्टीको एक महिने जनसम्बन्ध सुदृढीकरण अभियानअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ ले राजधानीमा शनिबार गरेको कार्यक्रममा भट्टराईले चुनावविरोधी षड्यन्त्रविरुद्ध एकजुट हुन कार्यकर्तालाई आग्रह...

कोइराला उच्चस्तरीय समितिको नेतृत्वमा

२०७० भदौ १ गते ५:३८

काठमाण्डु, १ भदौ -काँग्रेस सभापति सुशील कोइरालाले शनिवारबाट उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व सम्हालेका छन् । यसअघि गत वैशाख महिनाभर समिति संयोजक रहेका कोइरालाले दोस्रोपटक नेतृत्व लिएका हुन् । आलोपालो नेतृत्व गर्ने पूर्वसहमतिअनुसार साउन महिनाभर एकीकृत माओवादी अध्यक्ष प्रचण्ड समितिका संयोजक थिए । मुख्य चार...

चर्चित डन मनाङ्गे मध्यरातमा पक्राउ

२०७० भदौ १ गते ३:३३

काठमाण्डु, १ भदौ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले चर्चित गुण्डा नाइके दीपक मनाङ्गे भनिने राजिव गुरुङलाई गएराति पक्राउ गरेको छ । सीआईबीको विशेष टोलीले राति करिब ११ बजेतिर काठमाडौँको सिटी सेन्टरबाट मनाङ्गेलाई पक्रेको हो । गुण्डा गर्दीको आडमा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा...

मंसिर ४ को निर्वाचन रोक्न वैद्य मोर्चाको जोड

२०७० भदौ १ गते १:२०

काठमाण्डु, १ भदौ । मोहन वैद्य नेतृत्वको नेकपा माओवादी सम्वद्ध साना दलहरुको मोर्चा निर्वाचनमा सहभागी हुन सकारात्मक देखिएको छ । बबरमहलस्थित शान्ति कोषको सचिवालयमा शुक्रबार राति भएको वार्तामा मोर्चाले मंसिर ४ मा तोकिएको संविधानसभा निर्वाचन प्रक्रिया स्थगन गरी सर्वपक्षीय सहमतिमा अर्को मिति तय गर्न...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us