‘काँग्रेस–एमाले चुनाव हुन नदिने खेलमा’

काठमाण्डु टुडे २०७० भदौ १ गते ६:२१ मा प्रकाशित

काठमाण्डु १ भदौ -एकीकृत माओवादी नेता बाबुराम भट्टराईले काँग्रेस–एमाले मंसिर ४ मा संविधानसभा निर्वाचन हुन नदिने खेलमा लागेको आरोप लगाएका छन् ।
baburam_250पार्टीको एक महिने जनसम्बन्ध सुदृढीकरण अभियानअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ ले राजधानीमा शनिबार गरेको कार्यक्रममा भट्टराईले चुनावविरोधी षड्यन्त्रविरुद्ध एकजुट हुन कार्यकर्तालाई आग्रह गरे । तयारी अन्तिम चरणमा पुगेका बेला विभिन्न स्वार्थ समूहले निर्वाचन सार्ने प्रपञ्च गरिरहेको भट्टराईको भनाइ थियो ।
काँग्रेस–एमालेका कारण संविधान जारी नगर्दै संविधानसभाको अवशान भएको भन्दै उनले ती दल अहिले फेरि विभिन्न बहानामा दोस्रो संविधानसभा निर्वाचन भाँड्ने षड्यन्त्रमा लागेको आरोप लगाए ।

मंसिरमा निर्वाचन नभए मुलुकमा थप राजनीतिक संकट चुलिने भएकाले सबै मिलेर तोकिएकै समयमा निर्वाचन सफल पार्नुको विकल्प उनभएको उनको स्पष्टोक्ति छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us