पूर्वपश्चिम राजमार्ग अवरुद्ध

काठमाण्डु टुडे २०८२ जेठ १६ गते ८:४७ मा प्रकाशित

पूर्वीनवलपरासी, १६ जेठ–वर्षातसँगै त्रिवेणी गाउँपालिका–१ स्थित विनयी खोलामा आएको बाढीका कारण पूर्वपश्चिम राजमार्ग अवरूद्ध भएको छ ।

बाढीका कारण खोलामा पानीको वहाब बढेर डाइभर्सन माथिबाट बगेका कारण सवारी आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
गत पुसमा भारतीय ट्रकको ठक्करबाट पुल भाँचिएपछि डाइभर्सन बनाएर गाडी चल्ने बनाइएको थियो ।

पानीको बहाव घटेपछि डाइभर्सन ममृत गरी अवरुद्ध राजमार्ग सुचारु गराउने प्रयास भइरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी मधे नेपालले जानकारी दिए ।

प्रहरीका अनुसार पश्चिम नवलपरासीको खुर्सानी खोलामा आएको बाढीले सडक कटान गर्दा उक्र स्थानमा पनि राजमार्ग अवरुद्ध भएको छ ।

प्रहरीले पूर्वबाट पश्चिम र पश्चिमबाट पूर्वजाने सवारी साधनलाई कालीगण्डकी कोरिडोरको वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us