अफगानिस्तानसँग नेपाल पराजित

काठमाण्डु टुडे २०७० भदौ १ गते १०:५२ मा प्रकाशित

काठमाण्डु, १ भदौ । सिंगापुरमा सुरु एसिसी इमर्जिङ टिम्स् कपअन्तर्गत नेपाल आफ्नो पहिलो खेलमै पराजित भएको छ ।
सिंगापुरस्थित पदाङमा वर्षाले प्रभावित खेलमा नेपाललाई अफगानिस्तानले ३ रनको झिनो अन्तरले पराजित गरेको हो । वर्षाले बीचमै रोकिएको खेलमा १ सय ६४ रनको लक्ष्य लिएर ब्याटिङ गरेको cricketनेपाल ३ बल बाँकी छँदा १ सय ५७ रनमा अलआउट भयो । पछिल्लो दुई ओभर दाबबमा खेलेको नेपालले ५ विकेट गुमाउँदा खेल हार्न बाध्य भयो । अन्तिम ओभरमा जितका लागि ५ रन आवश्यक परेकाबेला चन्द साउद र शक्ति गौचन शून्य रनमा पेभिलियन फर्किए ।

यस्तै वसन्त रेग्मी पनि ७ रनमा पेभिलियन फर्किए । त्यसअघि शरद भेषवाकर पनि २४ रनमा रनआउट भएका थिए । वर्षापछि ब्याटिङ गर्न आएका कप्तान पारस खड्काले ६० रन जोड्दै नेपालको आशा जगाएका थिए । त्यसअघि अफगानिस्तानले दिएको १ सय ७० रन पछ्याउदै जवाफी ब्याटिङ थालेको नेपालले ३ विकेटको क्षतिमा ८४ रन बनाउँदा खेल वर्षाले प्रभावित भएको थियो । उपकप्तान ज्ञानेन्द्र मल्ल २४, सुवास खकुरेल २३ र अनिल मन्डल ३ रनमा आउट भए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभर पुरै खेल्दै १ सय ६९ रन बनायो । आगनिस्तानलाई सस्तैमा रोक्ने क्रममा नेपालका स्पीनर वसन्त रेग्मीले पाँच विकेट लिए ।

यस्तै अभिनाष कर्ण, चन्द्र साउन र सागर पुनले एकएक विकेट आफ्नो नाममा लेखाए । अफगानिस्तानका लागि अस्कार इस्टानिग्जाइले सबैभन्दा बढी ३३ रन जोडे । ओपनर मोहमद साहजादलाई २२ रनमा आउट भए । आफगानिस्ताका लागि गुल्बादिन नइब ३० रनमा अविजित रहे । नेपालले अब दोस्रो खेल मंगलबार भारतको २३ वर्ष मुनिको टिमविरुद्ध खेल्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us