
काठमाण्डु, १ भदौ -काँग्रेस सभापति सुशील कोइरालाले शनिवारबाट उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व सम्हालेका छन् ।
यसअघि गत वैशाख महिनाभर समिति संयोजक रहेका कोइरालाले दोस्रोपटक नेतृत्व लिएका हुन् । आलोपालो नेतृत्व गर्ने पूर्वसहमतिअनुसार साउन महिनाभर एकीकृत माओवादी अध्यक्ष प्रचण्ड समितिका संयोजक थिए । मुख्य चार दलबीच गत ३१ फागुनमा भएको ११ बुँदे सहमतिमा समितिको नेतृत्व एकएक महिना पालैपालो गर्ने उल्लेख छ ।
समितिले निर्वाचन प्रक्रियामा असहमत दललाई सहमतिमा ल्याउने प्रयास गरिरहेको छ । समितिमा एकीकृत माओवादी, काँग्रेस, एमाले र मधेसी मोर्चाका शीर्षस्थ नेता सहभागी छन् ।