
काठमाण्डू, ११ असार– त्रिशूली नदीमा हाम फालेकी एक जना महिला बेपत्ता भएकी छन । धादिङको गल्छी गाउँपालिका–१ की ५६ वर्षीया साइली गिरीले सोही ठाउँको छाङगेश्वर मन्दिर नजिकैको त्रिशूली नदीमा हाम फालेकी हुन् ।
बुधबार बिहान ९ बजे हाम फालेकी गिरीको खोजी कार्य सुरु गरिएको सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन ।
महिलाको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश आदमघाटबाट नायव निरीक्षक वीरेन्द्रकुमार मण्डलको कमाण्डाम विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालित गरिएको सहप्रवक्ता थापाले जानकारी दिएका छन ।