पेन्टागनको रिपोर्ट लिक भएपछि ट्रम्पले सेयर गरे भिडियो

काठमाण्डु टुडे २०८२ असार ११ गते १२:३७ मा प्रकाशित

काठमाण्डू, ११ असार– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘इरानको आणविक कार्यक्रम नष्ट भएको छैन’ भन्ने रिपोर्टपछि सामाजिक सञ्जालमा एउटा भिडियो सेयर गरेका छन् । राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमा करिब ६० सेकेन्डको भिडियो सेयर गरेका हुन् ।

यस भिडियोमा, बी–२ बमवर्षक लडाकु विमानहरू आकाशमा उडिरहेको र धेरै बम खसालिरहेको देखिन्छ । भिडियोमा एउटा गीत बजिरहेको छ जसमा इरानमाथि बम प्रहार गर्नुस् भन्ने शब्दहरू बारम्बार दोहोरिएको सुनिन्छन् ।

पेन्टागनको लिक भएको प्रारम्भिक गुप्तचर मूल्याङ्कन प्रतिवेदनले इरानको आणविक अड्डाहरूमा अमेरिकी आक्रमणले इरानी आणविक कार्यक्रमलाई नष्ट गरेको छैन, तर आक्रमणले केही महिना मात्र ढिलाइ गरेको दाबी गरेको छ । ‘सीएनएन र न्युयोर्क टाइम्सले नक्कली समाचार फैलाइरहेका छन् ।

दुवैले इतिहासको सबैभन्दा सफल सैन्य आक्रमणहरू मध्ये एकलाई बदनाम गर्ने प्रयास गरिरहेका छन् । इरानको आणविक अड्डाहरू पूर्ण रूपमा नष्ट भएका छन् । जनताले न्युयोर्क टाइम्स र सीएनएनलाई दोषी ठहराइरहेका छन्,’ अझ अगाडि ट्रम्पले पोस्टमा भनेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us