२ घण्टा पछि सर्‍यो एमाले सचिवालय बैठक

काठमाण्डु टुडे २०८२ असार ११ गते १२:२० मा प्रकाशित

काठमाण्डू, ११ असार– आज (बुधबार) दिउँसो १ बजे बस्ने भनिएको एमालेको सचिवालय बैठक २ घण्टा पर सरेको छ । आज दिउँसो १ बजेका लागि तय भएको सचिवालय बैठक तयारी नपुगेकाले २ घण्टा पछि आजै दिउँसो ३ बजे बस्ने गरी सरेको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन ।

एमाले प्रचार विभाग प्रमुख डा. राजेन्द्र गौतमले भने, ‘१ बजेका लागि बोलाइएको बैठक ३ बजेलाई सरेको छ, ‘तयारी नपुगेको हुनसक्छ ।’ बैठकमा विधान महाधिवेशनको तयारीबारे छलफल गर्ने एजेन्डा रहेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us