अदालतमा माधवको बयान सुरु

काठमाण्डु टुडे २०८२ असार ११ गते १२:२६ मा प्रकाशित

काठमाण्डू, ११ असार– बिशेष अदालतमा पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको बयान सुरु भएको छ ।

आज (बुधबार) बिशेष अदालतमा अध्यक्ष नेपाल उपस्थित भएसँगै न्यायाधीशहरू तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बयान सुरु भएको हो ।

विशेष अदालतको दैनिक पेसी सूचीमा इजलास नम्बर २ मा नेपालको मुद्दा पहिलो नम्बरमै राखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणमा जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us