
पोखरा, १६ जेठ– राइड सेयरिङप्रति खुकुलो नीति लिइएको भन्दै यातायात व्यवसायीले गण्डकी प्रदेशमा यातायात बन्द गराएका छन् ।
प्रदेश सरकारले हालै जारी गरको राइड सेयरिङसम्बन्धी नियमावली खारेजीको माग गर्दै व्यवसायीले पोखरासहित प्रदेशका सबै ११ वटै जिल्लामा सार्वजनिक यातायात बन्द गराएका हुन् ।
नेपाल यातायात व्यवसायी महासंघको आह्वानमा प्रदेशभर लामो तथा छोटो दूरीका सवारी साधन ठप्प छन् ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्षसमेत रहेका महासंघका सचिव योगेन्द्र केसीले दुई पाङ्ग्रे र चार पांग्रे नीजि सवारी साधनलाई यात्रु ओसारपसार गर्न दिइएकाले आफूहरु आन्दोलनमा उत्रन बाध्य भएको बताए ।
उनले नियमावली खारेज नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए । केसीले यातायात व्यवस्था ऐन–२०४९ ले निजी सवारी साधनले यात्रु बोक्न नपाउने व्यवस्था गरेको बताए ।
यातायात व्यवसायीले आफूहरुका माग सुनुवाई नभए आगमी १९ जेठदेखि देशभर सार्वजनिक यातायात थन्क्याउने चेतावनी दिएका छन् ।