बिच्छीले टोकेर ८ वर्षीया बालिकाको मृत्यु

काठमाण्डु टुडे २०८२ जेठ १६ गते ९:३३ मा प्रकाशित

मकवानपुर, १६ जेठ– मकवानपुरको बकैया गाउँपालिका–७ मैनाटारमा बिच्छीले टोकेर ८ वर्षीया बालिकाको ज्यान गएको छ ।

स्थानीय वीरबहादुर वाईवाकी छोरी ८ वर्षीया अस्मिताको बिच्छीको टोकाइबाट मृत्यु भएको हो ।

मकवानपुर प्रहरीका डिएसपी श्यामु अर्यालका अनुसार बुधबार बिच्छीले टोकेपछि उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकामा गएराति उनको ज्यान गएको हो ।

घरमै नुहाएर कपडा लगाउने क्रममा अस्मितालाई बिच्चछीले टोकेको बाबु वीरबहादुरले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us